• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

सर्वाेच्चले भन्यो– व्यापारी सुमार्गीले झिकेको रकम पुन: जम्मा गर्न लगाउनू

  • 2 वर्ष पहिले

 सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीलाई नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा पुन: रकम जम्मा गर्न आदेश गरेको छ।

व्यापारी सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट भित्र्याएको रकम राष्ट्र बैंकले रोक्का गरेपछि यसअघि एकल इजलासबाट अल्पकालीन आदेश गराउँदै उनले झिकेका थिए।

प्रधानन्यायाधीसहितको पूर्ण इजलासले उनले झिकेको रकम शंकास्पद देखिएको भन्दै जम्मा गर्न आदेश गरेको हो।

बिहीबार सार्वजनिक भएको लिखित आदेशमा यसअघि जारी भएको अल्पकालीन आदेश कानुन, न्याय र अदालतले अनुसरण गर्दै प्रक्रियाको नमिलको भन्दै रकम जम्मा गर्न भनिएको छ। सर्वोच्चको यो आदेशपछि सुमार्गीले अल्पकालीन आदेशको भरमा झिकेको रकम अवैध भएकाले पुन: जम्मा गर्नुपर्ने देखिएको छ।

‘काुनन बमोजिम रकम नेपाल भित्र्याएको हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा रहेकाले कानुन बमोजिम जे जस्तो प्रक्रिया अवलम्बन गरी उक्त रकम इन्भेष्टमेन्ट बैंकमा जम्मा गर्नू,’ आदेशमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको पत्रमा रकम पठाउने अजय सुमार्गी र प्राप्त गर्ने उनकै स्वामित्वको मुक्तिश्री कम्पनी रहेकाले विदेशी ऋण भन्न सक्ने अवस्था नभई शंकास्पद देखिन्छ।’

सर्वाेच्चको पूर्ण इजलासले यो रकमलाई विवादित समेत भनेको छ।

2 वर्ष पहिले    1053 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology