शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २७ गते । बोर्डर आउट पोस्ट कृष्णनगरले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।
बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमांडमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा (टिसर्ट) बरामद गरेको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएको छ ।
कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मिनगर स्थित भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको १ लाख सात हजार बराबरको १९९ पिस टिसर्ट बरामद गरेको हो । अबैध टिसर्ट बरामद गरि कृष्णनगर भन्सार पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।

1 वर्ष पहिले    358 Post Views