• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

जीवन उपयोगी सीप सिक्दै किशोर किशोरीहरु

  • 1 वर्ष पहिले

मिथिला जागरण समाचारदाता
सर्लाही, १८ माघ । किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि सर्लाहीको लालबन्दीमा १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम बागमती सेवा समाजको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा संचालन भइरहेको छ ।
तालिममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका २० जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । तालिममा रुपान्तरण तालिम सहजीकरण पुस्तिकाको माध्यमबाट सिकाउने र सिक्ने कार्य संचालन भइरहेको कुरा बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले बताए । तालिम पश्चात किशोर किशोरीहरुले आफ्नो स्थानीय स्तरमा रहेका जोखिम तथा सिमान्तकृत बालबालिकालाई प्रत्येक हप्ता एक एक वटा साथी सहजकर्ता बनी रुपान्तरण कक्षा संचालन गर्नेछन् । आगामी ६ महिनासम्ममा करिब २०० बालबालिकालाई साथी सहजकर्ताहरुले जीवन उपयोगी तथा आत्मरक्षाका सिपहरु सिकाउने कुरा समेत भण्डारीले जानकारी दिए ।
पर्सा गाउँपालिकाबाट तालिममा सहभागी पिंकी शर्माको विचारमा रुपान्तरण तालिमले आफ्नो जीवनमा परिवर्तन आएको छ । “विद्यालयमा गएर पढ्ने मान्छु रहेछु, त्यसैले परीक्षा पास गरेको थिएँ तर आज रुपान्तरण तालिममा आएपछि हरेक कुरा सिक्दैछु, अब जीवनमा पास हुन्छु ।” पिंकीले गर्वमा साथ भनिन् ।
यसैगरी पर्साकै अन्जु यादवलाई तालिमले साँच्चिकै रुपान्तरण गरेको महसुस भइरहेको छ । “तालिममा जाने कुरा हुँदा मेरा मनमा द्विविधा थियो, तालिमको पहिलो दिनसम्म बोल्ने आँट पनि थिएन ।” अन्जुले भनिन् । साँच्चिकै सातौ दिनसम्म आईपुग्दा अन्जुमा धेरै परिवर्तन आइसकेको छ । उनी तालिमका हरेक सत्रमा खुलेर छलफलमा सहभागी हुन्छिन् । “तालिम पश्चात समुदायमा समेत आफू जस्तै किशोर किशोरीहरुलाई सिकाउने आत्मविश्वास बढेर आएको छ ।” अन्जुले थपिन् ।
पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा माघ ११ गतेदेखि संचालन भइरहेको तालिमको सहजीकरण गल्र्स किक, काठमाण्डौंका निरज न्यौपाने र फुलकुमारी मगरले गरिरहनु भएको छ । तालिममा आत्मजागरण, किशोरावस्था, अधिकार र कर्तव्य, लैंगिक समानता, लैंगिक हिंसा, यौन तथा प्रजनन स्वास्थ्य आदि विषयमा छलफल भइरहेको कुरा प्रशिक्षक निरज न्यौपानेले जानकारी दिनुभयो ।

1 वर्ष पहिले    509 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology