
जुड शितल मनाईयो
कमल साह
जनकपुरधाम,वैशाख २ गते । नयाँ वर्षको दिन तराई मधेशमा हिजो सतुवाईन मनाइएको थियो भने शुक्रबार जुडशीतलमा दीर्घजिवी को आर्षिवाद दिईदै मनाएको छ । यस पर्वले रुखलाई संरक्षणगर्न चेतना समेत प्रदान गर्दैछ ।
जुडशितलका दिन प्रदेश २ सरकारले सार्वजनिक विदा गरेर संस्कृति जोगाउन वल प्रदान गरेको छ ।
प्रकृति र संस्कृतिको मिश्रण जुडशितलको दिनमा रुख विरुवामा जल अर्पण गरिएको छ । साथै ठूला बडाले घर परिवारसदस्यलाई टाउकोमा जल राखी बर्ष भरी शितल रहन र प्रगतिको कामना सहित आशिर्वाद ग्रहण गरेका छन ।
प्रदेश २ का सांसद एवं नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति रामअशिष यादव भन्नुहुन्छ, जुडशितल हाम्रो संस्कृति र प्रकृती बिच अन्योन्याश्रीत सम्बन्ध रहेको बताइरहेको छ । तसर्थ, हामी वन,वनस्पती र जलको संरक्षण र स्वच्छता तर्फ सचेत भै संरक्षित र सुरक्षित प्राकृतिक सम्पदा आउने पुस्तालाई हस्तान्तरण गर्न सचेत रहनुपर्छ ।
सो अवसरमा उहाँले ऐतिहासिक सरोवर गंगासागर डिलमा एक अर्कालाई माटोको टिका र टाउकोमा जल दिएर शुभकामना प्रदान गर्नु भएको छ ।
