मधेश प्रदेशमा विहिवारबाट बजेट अधिवेशन, नीति तथा कार्यक्रम २१ जेठमा ल्याइने

मधेश प्रदेशसभाको बजेट अधिवेशन बिहीबारबाट सुरु हुँदैछ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा यही शनिबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताईएको छ ।
मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार शनिबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ। विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिनु भयो।
कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताएका छन् । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी नीति तथा कार्यक्रम ल्याउने लागिएको छ ।

 

1 महीना पहिले    26 Post Views