अर्थमन्त्रीले गरे निजगढ विमानस्थल बनाउने प्रतिबद्धता

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन विमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल आवश्यक रहेको बताए ।शर्माले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको समेत बताए । ‘मधेसलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उनले भने ।त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिए । वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले शनिबार विहान वीरगञ्ज चिनी उद्योगको निरीक्षण गरेका थिए ।

1 महीना पहिले    26 Post Views