विदाका दिन चलाएका सरकारी साधन ट्राफिक प्रहरीले लिए नियन्त्रणमा

ट्राफिक प्रहरीले जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिन थालेको छ ।
सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ , पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले । विदा रहेको दिन पनि सरकारी सवारी साधन चलाईएको पाएपछि त्यसलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले थन्क्याउन लागेको छ ।
अहिले सम्म शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन सोमबार मात्रै दिइने बताए ।

1 महीना पहिले    28 Post Views