मतदाता नामावली असार १ गतेबाट दर्ता हुने

योग्यता पुगेका नेपाली नागरिकका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न दर्ता खुलाउँदै छ ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको छ ।
स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।
१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ , अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले भने ।

30 दिन पहिले    22 Post Views