जनकपुरमा बालकको हत्या

घुमन्ते जीवन बिताइरहेका परिवारका एक बालकको जनकपुरमा हत्या भएको छ ।
गत जेठ १७ गते बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुर धाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको छ।
बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको हो ।
जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरीमा जानकारी गराउँदै खोजविनका लागि आग्रह गरेका थिए ।
खोजविनको क्रममा बालकको शव हत्या भएको अवस्थामा एकसातापछि बालक राँकीको शव फेला परेको हो । बेपत्ता भएकै दिन उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका थियो ।
केहि महिनादेखि मृतक बालकका आमबुबासहित उनका केही आफन्त जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।
बालकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

29 दिन पहिले    17 Post Views