खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट, एक महिलाको ज्यान गयो

रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।
शनिबार बिहान करिब ८ बजे खाना पकाउने कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जि प्र का रौतहटले जनाएको छ।

18 दिन पहिले    92 Post Views