जनकपुरधामका उपमेयरमाथि मुक्का प्रहार

जनकपुरधामका उपमेयरमाथि मुक्का प्रहार गरिएको छ ।
जनकपुरधाम वडा नम्बर–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर किशोरी साहमाथि आक्रमण गरेको हो ।
लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
मेयर साह कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण गरिएको हो ।

17 दिन पहिले    108 Post Views