सबैलाका प्रशासकीय अधिकृतलाई नेता मातृकाको चेतावनी

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले धनुषाको सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोश शर्मालाई थर्काएका छन् ।
आइतबार सबैलाको प्राथमिक स्वास्थ्य सेवा केन्द्रको २४ घण्टे इमरजेन्सी सेवाको उदघाटन गर्दै नेता यादवले ढिलो आउने गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्मालाई कुटाई खाने आदत भए सबैला छाडेर जान चेतावनी दिएका हुन् ।
सबैलाको जनप्रतिनिधिको सपथ ग्रहण समारोह र आजको कार्यक्रममा एक एक घण्टा ढिलो प्रशासकीय अधिकृत शर्मा पुगेको भन्दै नेता यादव प्रशासकीय अधिकृत शर्मामाथि गर्जिएका छन् ।

16 दिन पहिले    31 Post Views