बिहीवार जनकपुरधाम आइपुगे भारत गौरव पर्यटकीय रेल

जनकपुरधाम, असार ९ गते ।
मंगलवार भारतको राजधानी दिल्लीबाट शुरु भएको १८ दिने रामायाण सर्किट यात्रामा रहेका भारत गौरव पर्यटकीय रेल बिहीवार
रेल ४ सय ९९ यात्रु बोकेर अन्तराष्ट्रिय सीमा पार गरी जनकपुरधाम आइपुगेका हुन ।
भारतका विभिन्न क्षेत्रबाट रामायण सर्किट यात्रामा आएका पर्यटकहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले संयुक्त रुपमा जनकपुरधाम स्थित रेलवे स्टेशनमा स्वागत गरेका छन ।
पर्यटकहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले भने मधेश प्रदेशका राजधानी जनकपुरधाम आइपुगेको रामायण सर्किट भारत गौरव पर्यटक यात्राले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको छ र यसले यहाँको विकासमा ठूलो टेवा पुग्नेछ । बाइट ।।।।। मुख्यमन्त्री राउत
यात्रामा आएका पर्यटकहरुले आफूहरु यात्राको क्रममा माता सीताको माइती जनकपुरधाम आउंदा निकै गौरवान्तित महसूस गरेको बताए । उनीहरुले हाम्रो यो रामायण सर्किट पर्यटकीय यात्राले नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको छ । बाइट ।।।।। पर्यटक
ती पर्यटकहरुलाई मुख्यमन्त्री राउत र पर्यटन मन्त्री महतो सँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, उपमेयर किशोरी साह र होटल व्यवसायीहरुले गमछा ओढाएर स्वागत गरेका थिए ।
जनकपुरधाम पर्यटकीय यात्रामा आएका यात्रुहरु आज जनकपुरधाममा विश्राम गर्नेछ भने भोली धनुषाधाम स्थित धनुष मन्दिरको अवलोकन गर्दै भारतको सीतामढीतर्फ फर्किनेछ । रामायण सर्किट यात्रामा निस्केका सो पर्यटकीय रेल १८ दिने यात्राको क्रममा सीतामढीपछि भारतकै नन्दिग्राम, प्रयागराज, वनारस, ब्रम्हकेश्वर, चित्रकुट, पंचवटी ९नासिक०, बक्सर, जस्ता प्रख्यात धार्मिक स्थलहरुको भ्रमण गर्नेछ ।

13 दिन पहिले    60 Post Views