पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।
सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको हो ।
उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ ।

यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

 

3 महीना पहिले    101 Post Views