मधेश प्रदेशमा ११ प्रतशित क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

मधेश प्रदेशमा ११ प्रतशित धान रोपाइ भएको छ । असार १५ गते अर्थात बुधवार देशभर धान दबिस मनाइ रहँदा मधेश प्रदेशमा यस अवधमिा ११ प्रतशित मात्र धान रोपाइ भएको हो ।

सबैभन्दा बढी पर्सामा २० प्रतशित र सबैभन्दा कम धनुषामा ४ प्रतशित क्षेत्रफलमा रोपाइँ भएको भूम िव्यवस्था तथा कृष िमन्त्रालयले जनाएको छ ।

मधेशमा अहलिेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकएिको मन्त्रालयका बाली वकिास अधकिृत मनषि कुमार पालले बताए ।

पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ भने अहलिेसम्म ९ हजार ४२६ हेक्टरमा धान रोपाई सम्पन्न भएको उनले बताए ।

त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ भने अहलिे १० हजार २ सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै सरिहामा ७ हजार ५६० हेक्टर, महोत्तरीमा ४ हजार ६५० हेक्टर, बारामा ४ हजार ६०२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै रौतहटमा २ हजार ६६७ हेक्टर, सर्लाहीमा २ हजार ३३५ हेक्टरमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा अहलिेसम्म २ हजार ३६० हेक्टरमा मात्रै रोपाइँ भएको बाली वकिास अधकिृत पालले बताए ।

3 महीना पहिले    57 Post Views