
कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी , कृषकहरु धर्नामा
जनकपुरधाम, असार १६ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गर्दै बक्यौता रकम भुक्तानीको मांग गर्दै कृषकहरुले धर्नामा बसेका छन । बिहीवार धनुषा स्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासंग आबद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधिन शीत भण्डारणको रनिँग बिलको बक्यौता रकम भुक्तानीको मांग गर्दै तालाबन्दी गरेका हुन । जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाईमा उनीहरुले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा र खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गरी मन्त्रालय परिसरमै कृषक समूहसँग आबद्ध पदाधिकारी तथा किसानहरुले धर्नामा बसेका छन । जसपाका प्रदेश उपाध्यक्ष यादवले मन्त्रालयलाई अदालतको आदेश समेतलाई बेवास्ता गर्दैै भुक्तानी गर्न नमानेको बाध्य भएर तालाबन्दी गर्नु परेको बताए । यादव उपाध्यक्ष यादवले अदालतको आदेश मात्र होइन अख्तिार दुरुपयोग अनुसन्धान आयोग समेतले निर्माण कार्यमा बाधा नपर्ने गरी मूल्यांकन अनुसारको रकम भुक्तानी गर्न दिएको सुझावलाई समेत प्रदेश सरकारका मन्त्री र कर्मचारीहरुले बेवास्ता गर्दै आएको आरोप लगाए । उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले भुक्तानीको कार्य अन्तिम चरणमा रहेकाले ढिलो चाँडो भुक्तानी हुन्छ नै बताईन । सचिव सिंह सम्झौता अनुसार पहिलो चरणको कार्य अनुसार रनिङ्ग बिल अनुसार जनहितले ३ करोड ८६ लाख र लवकुश बचत तथा ऋण सहकारी संस्थाले करीब अढाई करोड बक्यौता रहेको दाबी गर्दै आएका छन ।
