करारमा कार्यरत्त कर्मचारीलाई हाजिरी नगराइने

विदेह नगरपालिकामा दैनिक ज्यालादारी र करारमा कार्यरत्त रहेका कर्मचारीलाई पद मुक्त गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहले आइतवार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत्त रहेका कर्मचारीलाई पदमुक्त गरिएको जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साहले सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा कार्यरत्त रहेका दैनिक ज्यालादारी र करारका कर्मचारीलाई साउन १ गतेदेखि हाजिरी नगराउन भनेको छ ।

 

3 महीना पहिले    69 Post Views