रामेछापमा बस दुर्घटना, मृतकको संख्या १२

रामेछापमा मंगलबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
काठमाडौँ जाँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस लुभुघाटमा दुर्घटनामा परिघटनास्थलमा नौ जना र तीन जनाले उपचारका क्रममा ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालका अनुसार मृतकको पहिचान अहिले भएक्ँै छैन् । दुर्घटनामा सात जना पुरुष र पाँच जना महिलाको मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए।
यस्तै घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ।

1 महीना पहिले    128 Post Views