स्थायी संरचना निर्माण गर्न मधेश सरकारको प्रतिवेदन तयार, मधेश भवन प्राथमिकतामा

मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ती तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज आफ्नो प्रतिवेदक हस्तान्तरण गरेको छ ।
समितिले राजधानीको मुल संरचनाको लागी जचुकाली परिसरलाई नै मुख्यप्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवको बताए ।

उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताए ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी गराए ।

3 महीना पहिले    138 Post Views