धनुषामा बस दुर्घटना हुँदा २० जना घाइते, ५ को अवस्था गम्भीर

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना सामान्य घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ विरेन्द्रबजारको गोलघर नजिक काठमाडौंबाट काकड्भिटाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्री बस सोमबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले जानकारी दिए ।


दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको उनले बताए । सामान्य घाइतेहरुको विरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको छ ।

 

2 महीना पहिले    81 Post Views