मंगलवार देशभरिका नासु विदामा बस्ने

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा आन्दोलित नासु कर्मचारी आन्दोलनको कार्यक्रम अनुसार मंगलबार विदामा बस्ने घोष्णा गरेका छन् ।

बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

सोमवार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले मंगलवार देशभरीका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ युनियनका सचिव भट्टराईले भने, ‘आन्दोलनका थप कार्यक्रम हामी मंगलवार तय गर्छौं ।’

शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

2 महीना पहिले    87 Post Views