धनुषा–३ बाट जुली महतो उम्मेदवार बन्ने

 नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।

पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेकी पूर्वमन्त्री महतोले निर्वाचनको मिति घोषणा भएसँगै धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

 

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा बडो महत्वका साथ हेरिएको यस क्षेत्रको अवस्था विगतभन्दा निकै सहज हुने भएपछि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन् ।

उनले आफूलाई चुनाव लड्न व्यापक दवाव आइरहेको बताइन् । उनले भनिन्, ‘मैले उम्मेदवारी घोषणा गरेकी हुँ । गठबन्धनलाई पछार्दै एमालेले एक्लै निर्वाचन जित्छ ।’

उनले प्रतिनिधि तथा प्रदेशसभामा प्रत्यक्ष तर्फबाट ५० प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवार बनाउन एमालेलगायत विभिन्न दलसँग आग्रह समेत गरिन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

2 महीना पहिले    69 Post Views