एमालेले बनायो निर्वाचन परिचालन कमिटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ ।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव र विभागका सचिव रहनेछ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन भएको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय समेत गरेको बताइएको छ ।

1 महीना पहिले    55 Post Views