सिट बाँडफाँट गर्ने मुख्य आधार विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई बनाउने

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने मुख्य आधार विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई बनाउने भएका छन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न भनेर ५ दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएका छन्।

कार्यदलको बिहीबार बालुवाटारमा बसेको बैठकमा २०७४ सालमा ल्याएको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका सिटलाई आधार बनाउने मोडालिटीबारे पनि छलफल भएको बताइएको छ ।

साउन ३० मा फेरि कार्यदलको बैठक बस्दैछ ।

1 महीना पहिले    54 Post Views