नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दैतराई मधेश लोकतान्त्रिक पार्टीले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दैतराई मधेश लोकतान्त्रिक पार्टीले आइतबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तमलोपाका नेता कार्यकर्ताहरुलेजनकपुरधामs]fजनकचोकमा] विरोध प्रदर्शन गरेका हुन् ।
‘हल्ला बोल ! हल्ला बोल !! विभेदी मानसिकताको खोल पोल’, ‘नागरिकता नागरिकको अधिकार हो, पारित गर, प्रमाणिकरण गर’राष्ट्रपति भण्डारी मुर्दाबाद, देशका कुनैपनि नागरिकलाई अनागरिक बनाउन पाइँदैन, जन्मसिद्धका सन्तानलाई नागरिकता देउ लगायतका नारा लगाउँदै तमलोपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

तमलोपका केन्द्रीय सदस्य उमेश मण्डलले नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाव दिने उद्देश्यले आफूहरुले प्रदर्शन गरेको बताए । उनले राष्ट्रपति भण्डारी जनताको नभई एमाले पार्टीको कार्यकर्ता बनेको आरोपसमेत लगाए।

तमलोपाकी नेतृ विभा ठाकुरले राष्ट्रपति र गठबन्धनको सरकार मधेश विरोधी रहेकोले नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको बताइन् । उनले गठबन्धनको सरकारले विधेयक नै फिर्ता लिई अलपत्र पार्ने सम्भावना भएकोले आशंका बढदै गएको आरोप लगाएकी lछन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक पारित गर्न माग गर्दै सरकारलाई दबाव दिने उद्देश्यले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

28 दिन पहिले    46 Post Views