तेस्रो टी(२० आईमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ

तेस्रो टी(२० आईमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको शृंखलामा नेपालले २(१ को अग्रता लिएको छ ।

घरेलु टोली केन्यालेआइतबार नैरोबीमा दिएको १५६ रनको लक्ष्य नेपालले १९।३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । टी(२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । यस्तै पवन सर्राफले १२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर आउट भए ।

नियमित ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अघि बढेर खेल्न खोज्दा उनी ११औ ओभरमा बोल्ड भए । अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३५ रन बनाए ।

28 दिन पहिले    55 Post Views