बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन सर्वोच्चले आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

सर्वोच्चले नर्भिकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

 

27 दिन पहिले    42 Post Views