नेपालमा अवसरको अभावको कारण भारतीयहरु नेपालीलाई छोरी दिन मानदैन मोहम्मद खालिद

वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले भन्दै यो दुःखद रहेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरु नेपालीलाई छोरी दिन नै नमान्ने ठुलो समस्या रहेको बताए।

‘अहिले भारतीयहरु नेपालमा बिहे गर्न चहदैन समस्या यहाँ छ,’ खालिदले भने, ‘उनीहरुको भनाइ छ– तिमीकहाँ जागिर छैन । खेती छैन। समस्या नै समस्या छ । कुनै अवसर छैन । आफ्नो छोरी दिएर उसको भविष्य किन बिगार्ने ’

‘समस्या यहाँ छ कि नेपालीलाई भारतीयहरुले आफ्नो चेलिबेटी दिन मानिरहेको छैन । हामीलाई के लागिरहेको छ भने करौंडौ संख्यामा नेपालमा आएर नेपाल कब्जा गरिहाल्छ । यस्तो अवस्था छैन,’ उनले थपे ।

‘झुठो राष्ट्रवादको कुरालाई लिएर हामीले यो अत्यन्त महत्वपूर्ण विषयलाई थाँती राखेका थियौं,’ खालिलले प्रश्न गर्दै भने, ‘अंगीकृत महिलालाई नागरिकता दिनु के नेपालमा नौंलो कुरा हो के पहिला दिएका छैनौं ’ जवाफमा उनले भने, ‘पहिला पनि दिएका छौं

24 दिन पहिले    44 Post Views