राष्ट्रिय टिमबाट लामिछाने निलम्बित

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ [क्यान] ले निलम्बन गरेको छ । लामिछाने विरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीप विरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार क्यानको कार्यसम्पादन समितिको बसेको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

17 दिन पहिले    28 Post Views