पढाई सके पश्चात ८० लाख देखी १ करोड सम्म कमाउने उदेश्य रहेकोछ सर्लाही बासि पंकज सिंह को

भारत स्थित आन्ध्रप्रदेशमा रहेको प्रसिद्ध आदित्या एजुकेशनल ईस्तिटूशनमा उच्च शिक्षा कम्पयूटर साईन्जमा अध्यनरत सर्लाहीको बलरा नगरपालिका– १० सुदामाटोलमा बस्ने जगत सिंहको २१ वर्षका छोरा पंकज सिंह २४ लाखको जागीलाई अस्विकार गरेका छन ।

आदित्या एजुकेशनल ईस्तिटूशनमा ए।डी। २०१९ अध्यनका लागी आन्ध्राप्रदेश पुगेका थिए । अहिले चौथो साल को पहिलो समेस्टरमा पढिरहेका छन।

पढाईको चौथो वर्ष पुग्दा आठ लाख देखी २४ लाख सम्मको अवसरलाई अस्विकार गकेका छन ।
पंकजका अनुसार उनी एपल, गुगल जस्ता कम्पनीहरुमा काम गर्ने उदेश्य रहेको वताउछन । आदित्या एजुकेशनल ईस्तिटूशनबाट मैले पाएको शिक्षको मुयाङ्कन गर्ने हो भने २४ लाख केही जस्तो लागदैन । मेरो पढाई अझैं पुर्ण रुपले सकेको छैन ।

पढाई सकेपश्चात ८० लाख देखी १ करोड सम्म कमाउने उदेश्य रहेको पंकज सिंहले बताएका छन ।
पंकज सिंह तिन दाजु भाईमा कान्छो हुन जेठो दाई चन्द्रशेखर सिंह नेपाल प्रहरीमा छन भने माईला एमबिबिएस पढदै छन । र बुवा जगत सिंह खेती किसानी गर्छन ।
दाई चन्द्र शेखर सिंहले भाबुक हुदै भन्छन परिवारको आर्थिक अवस्था राम्रो नहुदा मैले उच्च शिक्ष लिन नसके पनी भाईहरुले मेरो र मेरो बुवाको नाम संसारमा चिन्हाउने भए, त्सको लागी आदित्या एजुकेशनल ईस्तिटूशनलाई धन्यवाद दिए ।

हुन त नेपालमा उच्च शिक्षका लागी विदेश जाने विद्यार्थीका लागी पहिलो रोजाई अष्ट्रेलिया जस्ता यूरोप देशहरु पर्ने गर्छन । तर थोरै पैसामा दक्षविद्यार्थी उत्पादन गरिरहेका आन्ध्राप्रदेश स्थित आदित्या एजुकेशनल ईस्तिटूशनमा पनि केही दिन यता नेपाली विद्यार्थीहरुको आकर्षणको केन्द्रबन्दै गएको छ ।

14 दिन पहिले    173 Post Views