• info@goldennews24.com
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ ।

  • 8 महीना पहिले

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको छ ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

यसैबिच धनुषामा पनि बिहिवारदेखि दरखास्त फाराम आह्वान गरेको छ । आसन्न निर्वाचनमा धनुषामा मात्रै ३ हजार ३५० को संख्यामा म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यसअघि वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषामा ३ हजार १२१ जना म्यादी प्रहरी छनोट भएका थिए । जिल्लामा ९ हजार २१ जनाले आवेदन दिएकोमा ३ हजार १२१ जनालाई छनोट गरिएको थियो ।

इच्छुक नेपाली नागरिकले आजदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिनसमेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराइएको छ ।आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतंककारी संगठनको सदस्य नरहेको हुनुपर्नेछ ।

8 महीना पहिले    104 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology