नेपाल प्रहरी र इन्टरपोलको मद्दतले विभिन्न ३ वटा घटनामा ५ जना आरोपीलाई पक्राउ गर्न सफल धनुषा प्रहरी


जनकपुरधाम, भदौ ३१ गते ।
धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न पांचजना आरोपीलाई पक्राउ गरेका छन ।
पक्राउ परेका महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएको आरोपीहरु पांचौ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका छन ।
वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको श्रीमति बबितिया देवी दासको हत्या आरोपमा उनका जेठाजु विरेन्द्र दास, विरेन्द्रका काका उमेश दास र सालो शत्रुधन दासलाई पक्राउ गरेको हो ।
घटना बारे जानकारी दिदैं प्रहरी उपरिक्षक रजौरेले भने बबितिया देवी र उनका जेठाजु विरेन्द्रबीच अनौतिक सम्बन्ध रहेको थियो । भाई र गाउँ समाजका मानिसहरुले थाहा पाउंछ कि भन्ने उद्देश्यले घाँटी कसि बबितियाको विरेन्द्रले हत्या गरेका हुन ।
नेपाल प्रहरी र इन्टरपोलको मद्दतले विभिन्न ३ वटा घटनामा ५ जना आरोपीलाई पक्राउ गर्न सफल भयौ र थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक रजौरेले बताए ।
त्यसैगरी आफ्नै आमाको हत्या आरोपमा सबैला नगरपालिका ५ मखनाहाका मनोज मण्डल र आफ्नै साथीको हत्या गरेको आरोपमा धनौजी गाउँपालिका ५ का राजीवकुमार मण्डललाई वैदेशिक रोजगारमा रहेको अवस्थामा त्यहींबाट पक्राउ गरिएको उनले बताए ।
एक वर्ष अघि २०७८ भदौ २६ गतेका दिन सरोजलाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीवकुमार मण्डलले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सो घटनामा आरोपितहरु जिल्ला अदालतबाट रिहा भएपनि उपचारकै क्रममा सरोजको मृत्यु भएपछि इन्टरपोलको मद्दतले कतारबाट राजीवलाई पक्राउ गरिएको हो ।

9 दिन पहिले    20 Post Views