मधेश प्रदेशमा संविधान दिवसलाई कालो दिवस को रुपमा मनाइएको छ ।

मधेश प्रदेशमा संविधान दिवसलाई कालो दिवस को रुपमा मनाइएको छ ।देशभर संविधान दिवस मनाइरहँदा मधेश प्रदेशमा भने कालो दिवस मनाइएको छ ।

लोसपाले वर्तमान संविधानप्रति असंतुष्टि जनाउँदै जनकपुरधाममा कालो दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको जुलश जनकपुरधामको जनक चौकमा कोणसभामापरिनत भएको थिए ।

कोणसभामा बोल्दै लोसपा धनुषाको अध्यक्ष परमेश्वर साहले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म नागरिकता विधेयक प्रमाणिकरण नगरे आन्दोलन गर्ने चेनावनी दिए । उनले आफुहरु नागरिकता विधेयक प्रमाणिकरण नभए असोज ५ गतेदेखि राष्ट्रपति र वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

वर्तमान संविधान सबैको मान्ने संविधान नभएसम्म आफुहरु कालो दिवस मनाइरहनेसाहले बताए ।
२०७२ मा नेपालको वर्तमान संविधान जारी हुँदा देशभर दिपावली मनाइएको थियो भने मधेशमा कालो दिवस मनाइएको थियो ।

6 दिन पहिले    38 Post Views