
अनिल चौहान भारतको चिफ अफ डिफेन्स स्टाफमा नियुक्त
भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।बिगत नौ महिनासम्म रिक्त रहेको त्यस पदको जिम्मेवारी चौहानलाई दिइएको भारतको बिभिन्न मिडियाले लेखेको छ। भारतीय सेनामा चौहानले ४० वर्ष सेवा दिएका छन्। उत्तराखण्डका चौहान भारतको राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसमेत थिए।
भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त भएका छन्।
गत जुनमा भारत सरकारले सेनाको सेवासम्बन्धी नियम संशोधन गर्दै नौसेना तथा वायुसेनाका तीन तारे जनरलबाट अवकास प्राप्त मध्येकालाई चिफ अफ डिफेन्स स्टाफ बनाउने गरेको छ।
