
जनकपुर रोयल्सले फारवेस्ट युनाइटेडलाई ८२ रनले पराजित गरे
काठमाडौं, पुस १८ गते । फारवेस्ट युनाइटेडलाई ८२ रनले पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा पाँचौं जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पच्छ्याएको फारवेस्ट १५ः१ ओभरमा ७९ रनमा अलआउट भयो । फारवेस्टका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३२ रन बनाएका थिए भने रसिद खानले अविजित १७, ओपनर भीम सार्कीले १६, देव खनालले १ रन जोडे । जनकपुरका लागि समिउल्लाह सेनवारीले सर्वाधिक ३ विकेट लिए,भने सोमपाल कामी र पवन सरार्फले समान२,२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानमा १६१ रन बनाएको थियो । फारवेस्टका लागि प्रकाश जैशीले ३ र भुवन कार्कीले २ विकेट लिए । आजको जितसँगै जनकपुर रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जनकपुरको तर्फबाट सन्दीप जोराले सर्वाधिक ५५, कप्तान त्रिभोन ग्रिफ्थले ३२, सराफुद्दिन सरार्फले २०, चडविक वाल्टनले २४ रन र राजेश पुलामीले १६ रन बनाएका थिए ।
