
सुटर लगाएर आफ्नै बुवाको हत्या गराएको आरोपमा एक युवक सहित तीन जना प्रक्राउ
जनकपुर पुुुस२० गत पुस ९ गतेका दिन सांझपख धनुषाको मुखियापट्टी मुसहरनियाका ५० वर्षिय धानुषधारी दासलाई घरमै मोटर बनाइरहेको बेला अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा २१ वर्षिय प्रदीप दास, मृतकका ज्वाई मधेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार ३४ वर्षिय उदय दास र सुटर नगराई २ जटही बस्ने २१ वर्षिय रञ्जित यादवलाई मंगलवार पक्राउ गरेको छ । प्रदीपलाई क्रिया बसेको अवस्थामा घरबाटै, सुटर रञ्जितलाई घर जाने क्रममा बसबाट र प्रहरी हवलदार उदयलाई जनकपुरबाट पक्राउ गरिएको प्रक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी बुधवार सार्वजनिक गरेको छ । प्रदीपलाई क्रिया बसेको अवस्थामा घरबाटै, सुटर रञ्जितलाई घर जाने क्रममा बसबाट र प्रहरी हवलदार उदयलाई जनकपुरधामबाट पक्राउ गरिएको प्रक्राउ गरिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिएका छन । मृतक धनुषधारीले दुईवटा बिहे गरेको थियो । दुवै श्रीमतिका छोराछोरीसँग सम्पतिका लागि धनुषधारीको विवाद हुँदै आएको थियो । सम्पतिका लागि हुँदै आएको घरायसी विवादको क्रममा प्रदीपले आफ्ना भिनाजु उदयसँग योजना बनाई सुटर लगाएर आफ्ना बुवा धनुषधारीको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्काले बताए । प्रहरीका अनुसार मृतकका छोरा प्रदीपले सुटर रञ्जितसँग घटना घटाउन ५ लाख रुपैयामा डिल गरेका थिए । घटनाको एक महिनाअघि एक लाख रुपैया एडभान्स दिइएको थियो । सुटरलाई पटक पटक गरी ३ लाख १० रुपैया दिइएको अनुसन्धानमा खुलेको प्रहरी प्रमुख खड्का बताए । प्रहरीले घटनामा प्रयोग भएका एकथान नलकटुवा पेस्तोल, सो कटुवामा लाग्ने गोलीको खोका एकथान, अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजीन एक र अटोमेटिक पेस्तोलमा लाग्ने गोली एक राउण्ड बरामद गरेको छ ।
सुटर लगाएर आफ्नै बुवाको हत्या गराएको आरोपमा एक युवक सहित तीन जनालाई धनुषा प्रहरीले प्रक्राउ गरेको छ ।
