
जल तथा मौसम विज्ञान विभागको अनुसार तराईमा शीतलहर केही दिन कायमै रहने
२३ पुस, काठमाडौं । शनविार पनि तराईमा शीतलहर जारी रहेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनविार दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू(भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू(भागको मौसम सफा रहेने महाशाखाले जनाएको छ । आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ।
