
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एउटै पार्टीमा हुने भएका छन्
काठमाडौं, २३ पुस । ७ वर्षपछि फेरि यी दुर्ई नेता एउटै पार्टीमा हुने भएका छन् । तत्कालीन संविधानसभाले संविधान जारी गरेपछि भट्टराईले २०७२ साल ९ असोजमा माओवादी परित्यागको घोषणा गरेका थिए । मंसिरमा ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भट्टराईको यो पार्टीले नेकपा माओवादी पार्टीकै चुनाव चिन्हमा निर्वाचन लडेको थियो । निर्वाचनको बेला नै भएको सहमतिअनुसार अब यी दुई पार्टीको एकताहुन लागिएको हो । यसका लागि शनिबार यी दुई नेताले भेटघाटसमेत गरेका छन।
नेकपा माओवादी केन्द्र र डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एकता गर्ने भएका छन् ।
त्यसको केही समयपछि उनले नयाँ शक्ति पार्टी बनाएका थिए । पछि यो पार्टीलाई उनले जनता समाजवादी पार्टीसँग विलय गराएका थिए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग विभिन्न असमझदारी पछि उनले नेपाल समाजवादी पार्टी बनाएका थिए ।
