• info@goldennews24.com
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि जसपा पार्टी मा सोमबार निर्वाचन हुने

  • 5 महीना पहिले

जनकपुरधाम, २४ पुस ।
मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि जनता समाजवादी पार्टी नेपालमा निर्वाचन हुने भएको छ ।

मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसकेपनि जसपाले दलको नेता चयन गर्न सकेको छैन् । दलको नेता चयनका लागि सोमबार मतदान हुने कार्यतालिका तय गरिएको छ ।


जसपाले सोमबार बिहान ९ देखि ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ । यस्तै, ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

दिउँसो ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।

जसपा मधेस प्रदेशसभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र नेता रामअशिष यादव प्रमुख दाबेदार छन् ।

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गर्न लागिएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले दलको नेता चयन गर्न नसकेपछि सो विषयमा निर्णय गर्न पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका थिए ।


मधेस प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन् ।

5 महीना पहिले    183 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology