• info@goldennews24.com
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

जसपाको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव निर्विरोध चयन

  • 5 महीना पहिले

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव निर्विरोध चयन भएका छन
।
दलको नेता चयन गर्नका लागि सोमवार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन । दलको नेताका लागि यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराइसकेका थिए ।

दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएका हुन । यसभन्दा पहिले दलका नेताका लागि तीन जनाको नाम चर्चामा थियो ।

दलका नेताका लागि धनुषाबाट रामअशिष यादव,बाराबाट सरोज कमुार यादव र पर्साबाट मुख्यमन्त्री लालबाबु राउतको नाम चर्चामा रहिरहदा निर्वाचनका लागि मिति तोकिएपछि रामअशिष यादवले अन्तिम समयमा मनोनयन दर्ता नगराएपछि दलका नेताका लागि दुई नेता विच प्रतिस्पर्धा देखिएको थियो भने सोमवार मुख्यमनत्री लालबाबु राउतले आफनो नाम फिर्ता लिएपछि निर्विरोध यादवलाई चयन गरिएको हो ।

यादव मधेस प्रदेशको निवर्तमान सभामुख समेत हुन । जसपाको मधेस प्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् । जसपाको दलको नेता चयन भएसंगै जसपाको सरकार बनेको खण्डमा मधेश प्रदेशमा मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मधेश प्रदेशमा जसपा र जनमतको आलोपालो सरकार बन्ने चर्चामा रहेका बेला जनमतले पनि आफनो संसदीय दलका नेता यसअघि नै चयन गरिसकेका छन । यता गठवन्धन रहेका माओवादीले अहिले सम्म दलका नेता चयन गर्न सकेका छैन भने एमाले र कांग्रेसले दलका नेता चयन गरिसकेका छन

5 महीना पहिले    146 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology