सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
जनकपुरधाम, पुस २७ गते । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । जसपाको मधेस प्रदेश संसदीय दलका नेता रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
यादवले मुख्यमन्त्रीका लागि ६३ सांसदको समर्थन सहितको दावी प्रदेश प्रमुख कहाँ पेस गरेका थिए ।
यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो । यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाई समर्थन गरेका हुन् । जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको लिखित समर्थन थियो ।
नवनिवयुक्त मुख्यमन्त्रीको शपथ ग्रहण पुस २९ गते हुने जनाइएको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिने थियो ।
3 महीना पहिले
  
100 Post Views