
शुक्रबार शपथ लिंदै, मधेस प्रदेशका मुख्यमन्त्री यादवले
जनकपुरधाम, २८ पुस । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । स्रोतका अनुसार एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जसपाले सामाजिक विकास मन्त्रालय र जनमतले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको हो । मधेसमा नेकपा एमालेसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुईजना स्वतन्त्र सांसद सत्ता साझेदार छन् । मुख्यमन्त्री यादवलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा २ जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ६३ प्रदेश सांसदको समर्थन छ । ।
शुक्रबार मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।मुख्यमन्त्रीसँगै सत्ता साझेदार दलहरुलाई समेटेर शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन हुने छ ।
।शुक्रबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जसपाबाट एक एक जना मन्त्री बन्न सकने सम्भावना छ ।
