• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

वृहत् शान्ति संझौता भएको १६ वर्ष पुगिसक्दा पनि संझौतालाई पूर्ण निष्कर्षमा पु¥याउन नसकिएको बताए उपराष्ट्रपति नन्दबहादुर पुन।

  • 2 महीना पहिले


जनकपुरधाम, फागुन १ गते ।
उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति संझौताको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमार्फत गर्नुपर्ने काम अझै सम्पन्न हुन नसकेको बताएका छन् ।
सोमवार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकार मातहतका शहीद प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले वृहत् शान्ति संझौता भएको १६ वर्ष पुगिसक्दा पनि संझौतालाई पूर्ण निष्कर्षमा पु¥याउन नसकिएको बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकता विधेयक, प्रहरी समायोजन र निजामति ऐन पारित गराउन समेत संघीय सरकारसँग माग गरे ।

सो कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादव र माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भरत साह लगायत व्यक्तिहरुले आ आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा जनयुद्धमा शहादत प्राप्त ५४० शहीद परिवारलाई एक लाख रुपैयाका दरले राहत समेत वितरण गरिएको थियो

2 महीना पहिले    89 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology