
नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगे
जनकपुरधाचैत,२। । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउदै ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।
लिग टूको अन्तिम खेलमा युएईलाई २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।
