
एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण गर्दै मधेश सरकार
बिहिबार,चैत ४ ,गते जनकपुरधाम शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण गरिरहेको हो। गत फागुन २८ गतेबाट सुरु भई हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ । चालु आर्थिक वर्षको ६ करोड बजेटबाट बोलपत्र मार्फत निर्देशनालयले न्यूँ आननन्द डिजाइनर कम्पनीबाट ज्योमेट्रीबक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ मा खरिद गरेको छ । आपूर्तिकर्ता कम्पनीले नै सबै जिल्लाको सदरमुकममा विद्यालयहरुका लागि झोला आपूर्ति गरिदिने गरेको निर्देशनालयले जनाएको छ । ज्योमेट्रीबक्ससहित प्रति झोला ५८८ रुपैयाँ खरिद मूल्य परेको छ ।
मधेश सरकारले प्रदेशभरिका सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिरहेको छ ।
