• [email protected]
  • होम पेज
  • राजनीति
  • पर्यटन
  • मनोरंजन
  • प्रबिधि
  • विदेश
  • स्वास्थ्य
  • लेख
    • लेख
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • समाचार
    • खेल
  • युनिकोड
  • सम्पर्क

जय माँ सरस्वती युवा क्लवद्वारा रक्तदान सम्पन्न

  • 2 वर्ष पहिले

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फागुन २२ गते । धनुषाको सबैला नगरपालिका वडा नं. ११ को इनर्वा स्थित जय माँ सरस्वती युवा क्लवले रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान जीवन दान’ नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनबढी स्थानीयहरुले रक्तदान गरेका छन् ।
क्लवका अध्यक्ष विल्टु राम साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रफिक शेष, देवेन्द्र यादव, कृष्ण कुमार यादव, राम पुकार मण्डल, धीरेन्द्र यादव, रमेश कुमार ठाकुर, रुद्रनारायण यादव सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
कोरोना जस्ता महामारी रोगको बेलामा नेपाल सरकारले गरेको बन्दाबन्दीमा रक्तको अभावको कारणले आफ्नै गाउँको एकजनाको अवस्था गम्भीर देखेर आफूले प्रत्येक तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष साहले बताएका छन् ।
उनले भने, ‘एक पोका रक्त दिएमा केही हुँदैन, तर कुनै बिरामीलाई एक पोका रक्तको अभावमा ज्यान समेत ज्याने सम्भावना रहेकोले त्यसलाई मध्यनजर गरी प्रत्येक तीन महिनामा रक्तदान कार्य गर्दै आएका छौं ।’
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजीवि, नागरिक समाज, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

2 वर्ष पहिले    1513 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Golden News 24 | Designed by Orangic Smart Technology